एक्सनले भरिपूर्ण ‘राम नाम सत्य’ ट्रेलर सार्वजनिक |भिडियो

काठमाडौं । यहि चैत्रको २७ गतेबाट नयाँ वर्षको छेकोमा प्रदर्शनमा आउने फिल्म ‘राम नाम सत्य’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक इक्सनप्रधान ट्रेलरमा पैसा र पावरको लागि गरिने संघर्षलाई प्राथमिकता दिइएको छ । शक्तिको लागि गरिने संघर्ष नै फिल्मको केन्द्रीय द्वन्द्व हो ।
अभिनेता विराज भट्ट, सुशील श्रेष्ठको दमदार एक्सन फिल्ममा देख्न सकिनेछ । यसअघि सार्वजनिक फिल्ममा समावेश ‘धागोले बाटेको र हुम्लाको लिमी’ बोलको गीत चर्चामा रहँदा आएको ट्रेलरले दर्शकको ध्यान केन्द्रीत गर्ने निर्माण टिमले विश्वास लिएको छ ।
माइकल चन्द निर्देशित फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, दिवंगत अभिनेता सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय छ । निर्देशन चन्दकै पटकथा तथा संवाद समेत रहेको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।







