Logo

‘एक्का तीन’मा पुष्प र पूजाको जोडी पक्का !

काठमाडौं । आगामी जेठ महिनाबाट फिल्म ‘एक्का तीन’को छायांकन सुरु हुने भएको छ । फिल्मका निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि–प्रोडक्सनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । 

यो फिल्ममा अभिनेत्री पूजा शर्मा फाइनल भइसकेकी छिन् । हालै फिल्ममा अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । पुष्पसँग कागजी संझौता गर्दै निर्माण टिमले लाइनअप बलियो बनाएको हो ।

यो फिल्मलाई एक्सन जनरामा निर्माण गर्ने तयारी रुपेशको छ । फिल्ममा पुष्पको भूमिका के हुन्छ भन्ने खुलाइएको छैन । निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्मबाट एक–एक जना नव–नायक र नव–नायिकालाई भित्राउने तयारी पनि गरिएको छ । 

सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन् । फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्दैछन् । 

पुष्प र पूजाले फिल्म ‘३६ को आँकडा’मा पनि पर्दा शेयर गरेका छन् ।

Comments