Logo

डान्सिङ नम्बर ‘फूलबुट्टे सारीमा’ नग्माको ठुम्का ! (भिडियो)

पछिल्लो क्रममा नेपाली सांगितिक क्षेत्रमा मौलिक लाग्ने शब्द अनि संगीतबद्ध गीत आउने क्रम बढ्दो छ । त्यसैले त यो बर्ष धेरै नेपाली गीतले करोड माथीको भ्यूज पाइसकेका छन् । आइतबार मात्रै अर्को हिट को संभावना बोकेको नयाँ गीत रिलिज भएको छ ।

‘फूलबुट्टै सारीमा’ बोलको गीतमा समावेश शब्द अनि संगीत झट्ट मनमा बस्ने प्रकारको छ । गीतमा स्वर दिजराज पौड्यालको छ । दिजले नै शब्द लेखेका छन् संगीत पनि उनकै छ । एरेञ्ज उदयराज पौडेलले गरेका छन् । नग्मा श्रेष्ठ, प्रशान्त तामाङ र सन्तोषलाई ग्रुपसहित नृत्यमा देख्न सकिन्छ ।

शुभम भुजेलले कोरियोग्राफी गरेको गीतलाई टंक केसीले खिचेका छन् भने सम्पादन विकेश ज्ञावलीको छ । गीतको सार्वजनिक भिडियोलाई पनि टिपिकल नेपाली बनाउन खोजिएको छ ।

Comments