Logo

‘आमा’ सुखद ओपनिङ, वर्ड अफ माउथ उच्च |बक्सअफिस

शुक्रबारबाट प्रदर्शनमा आएको दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ले सुखद ओपनिङ गरेको छ । महाशिवरात्रीको अबसरमा प्रदर्शनमा आएको फिल्मले मल्टिप्लेक्समा पहिलो दिन नै आफुलाई प्रमाणित गर्यो । सिंगल स्कृनमा तुलनात्मक रुपमा दर्शक चाप केहि कम छ ।

Image may contain: 3 people, text and outdoor

पुरुषप्रधान समाजमा विद्धमान सृष्टिकर्ता आमा र नारीको संवेदना र सामाजिक अवस्थालाई चित्रण गरेको फिल्मलाई दर्शकले तारिफ दिएका छन् । शुक्रबार जतिपनि हलमा फिल्म हेर्ने दर्शकले मन जितेको प्रतिक्रिया दिए । हलबाट बाहिरिँदा अधिकांश दर्शकको आँखा रसाएको देखिन्थ्यो ।

फिल्ममा समावेश प्रायः दृश्यमा पटक पटक मन भक्कानिने बनाउँदै आँखा पर्दामा एकत्रित बनाउन सफल फिल्मको ‘वर्ड अफ माउथ’ उच्च छ । जसले हलमा दर्शकको ‘फ्लो’ क्रमैसँग बढाउने निश्चित छ । वितरक करण श्रेष्ठले भने, ‘शुक्रबार हलबाट बाहिरिने सत प्रतिशत दर्शकको प्रतिक्रिया सकारात्मक छ ।’

पछिल्लो समय बिग प्रोजेक्ट आफ्नो पक्षमा पार्दै वितरकहरुको सुचीमा अग्र पङ्ग्तीमा आइरहेका श्रेष्ठले यो फिल्म आफ्नो करियरकै उत्कृष्ट वितरण दाबी गरे । ‘जति नै कठोर मुटु हुनेको पनि आँशु झरेको पाएँ, शुक्रबारको विजनेसले सन्तुष्ट छौँ, श्रेष्ठले थपे, ‘माउथ पब्लिसिटीले दर्शकको प्रवाह हलमा बढाउँदै जानेमा ढुक्क छौँ ।’

वितरण कम्पनि रीच इन्टरटेन्मेन्टका अनुसार पहिलो दिन फिल्मले काठमाडौं उपत्यकाबाट (जय नेपाल हलको बाहेक) ३८ लाख र मोफसलबाट १६ लाखको ग्रस बिजनेस गरेको छ । जुन हिसाबले पहिलो दिन ५४ लाखको ग्रस बिजनेस ‘आमा’ले गर्न सफल भएको देखिन्छ ।

फिल्ममा आमाको भुमिका निभाएकी अभिनेत्री मिथिला शर्माले उत्कृष्ट काम देखाउँदा प्राकृतिक रुपमा आमा बन्न असमर्थ अभिनेत्री सुरक्षा पन्तको काम पनि खोट लगाउने ठाउँ छैन । पात्रहरुले आफ्नो ठाउँमा उत्कृष्ट पाली प्रस्तुत गरेका छन् । शर्मिला पाण्डेले फिल्म निर्माण गरेकी हुन् ।

Loading...
Comments