Logo

‘कोलम्बसकी कान्छी’ एलिशा |भिडियो

लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता चलचित्र र गीतसंगीत क्षेत्रमा पनि अघि बढाएको छ । यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा ‘कोलम्बस की कान्छी’ बोलको गीतको भिडियो तयार भइ सार्वजनिक भएको छ ।

गीतमा ओम सुनारको स्वर र संगीत छ । तारा फूयांलले शब्द रचना गरेका छन् । मौसम हिमालीको निर्देशन रहेको यो भिडियोमा मोडल अलिशा शर्मा र डिमोन क्षेत्रीले अभिनय गरेका छन । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन ।

‘नेपाली विधार्थीहरूलाई उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका मुलुकमा जान हामीले पुलको काम गर्दै आइरहेका छौ, निर्माण कम्पनिका सुनिल उप्रेतिले भने, ‘अब नेपाली मनोरन्जन क्षेत्रमा पनि जोडीने जमर्कोका साथ हामी लागि परेका हौं ।’

https://youtu.be/KS2swq569jY

Comments