Logo

डेढ करोड बजेटको ‘ऐश्वर्य’, लगानी उठ्ने संभावना कति ?

यतिबेला हलमा प्रदर्शनरत छ फिल्म ‘ऐश्वर्य’ । हिरो भन्दा पनि भिलेनको चर्चा जोडिएको फिल्मले पहिलो हप्ता चलिरहँदा सुखद विजनेस गरेको छ । निर्माण टिम सन्तुष्टी दाबी गर्छ ।

रमेश उप्रेतीको रियल कमब्याक बोलिएको फिल्मबाट दीपिका प्रसाईंले नेपाली रजतपटमा डेब्यू गर्दा केहि फिल्म गरिसकेका खलपात्र प्रशान्त ताम्राकारलाई पनि चर्चामा यो फिल्मले डेब्यू दियो । दिवाकर भट्टराई निर्देशित यो फिल्म हेरेर हलबाट निस्किने आम दर्शकले चित्त बुझाएका छन् । हेर्नेहरुले नराम्रो बोलेका छैनन् ।

फिल्मको बजेट, लगानी उठ्ने संभावना कति ?
निर्माता निर्मल शर्माको कुरा पत्याउँदै गर्दा फिल्मको कुल बजेट १ करोड ५० लाख पुगेको छ । निर्माण लागत तथा पब्लिसिटी खर्च जोड्दा डेढ करोड खर्च पुगेको उनले दाबी गरे । यो विजनेस रिकभर हुन फिल्मले करिब साढे चार करोड बराबरको ग्रस विजनेस गर्नुपर्ने हुन्छ ।

गत बिहिबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो चार दिनमा २ करोड आसपास ग्रस विजनेस गरेको दाबी निर्माण टिमको छ । दोश्रो हप्तामा अर्को चर्चाको फिल्म ‘फाटेको जुत्ता’ प्रदर्शनको लागी तयारी हुँदै गर्दा ‘ऐश्वर्य’ले हलबाट लगानी उठाउँछ उठाउँदैन चर्चा गर्न योग्य हुनसक्छ ।

मल्टिप्लेक्समा फिल्मको ‘शोज’ घट्ने क्रममा छ भने सिंगल स्कृनमा पनि आउँदो शुक्रबारबाट फिल्मका ‘शोज’ हरु घट्नेछन् भने चलिरहेका हलहरुबाट आउने सेयरमा पनि जोडघटाउ सुरु हुनेछ । जसका कारण हलबाट नै फिल्मले लगानी ‘सेभ’ गर्ने संभावना छैन् । तर निर्माता शर्मा भने विदेश प्रदर्शन र डिजिटल अधिकार बेच्दा आउने सेयरले आफुहरुको लगानी सुरक्षित हुने दाबी गर्छन् ।

शर्माका अनुसार फिल्मको डिजिटल अधिकार १५ लाखका बिक्री भईसकेको छ भने युरोप र जापान अधिकार २२ लाखमा बिक्री भईसकेको छ । अन्य देश अमेरिका, अष्ट्रेलिया, युके, हङकङ तथा दुबई, कतार, मलेशिया लगायतका ‘गल्फ कन्ट्री’बाट ५५ लाख आउने कन्फर्म भईसकेको उनको भनाई छ । यो आधार पेश गर्दै उनले ‘ऐश्वर्य’ फ्लप सुचीबाट बाहिर निक्लिने आशय पेश गरे ।

तर नेपाली फिल्मको ‘हिट र फ्लप’ हलमा प्रदर्शन हुँदै गर्दा आउने सेयरमा हिसाब हुन्छ । जसले यो फिल्मको लगानी हलबाटै रिकभर हुन दोश्रो हप्ता थप राम्रोसँग दर्शकको साथ पाउन आवश्यक हुने देखिन्छ । गणितिय हिसाबले निर्माताले फिल्मबाट लगानी ‘सेभ’ हुने आधार पेश गर्दा हलबाट कति सेयर आउँछ नेपालमा ‘हिट’ फिल्मको सुचीमा यो फिल्म पर्छ या पर्दैन त्यसको लागी दोश्रो हप्ताको विजनेस पर्खिनुपर्ने देखिन्छ ।

Loading...
Comments