Logo

पहिलो फिल्म फ्लपपछि उदाएका पाँच स्टार

भनिन्छ, काम राम्रो गर्नेहरुलाई किस्मतले पनि साथ दिनु पर्छ । भाग्यमा लेखिएको छैन् भने राम्रो काम गर्दा पनि त्यसको प्रतिफल सोहि अनुसार नपाउन सकिन्छ अनि भाग्यमा छ भन्दैमा ‘तालुमा आलु’ फल्छ भन्ने पनि हुँदैन उखान नै बनेको छ । कलाकारहरुको जीवनमा पनि यस्तै अवस्था आउँछ कहिलेकाहीँ । कोहि डेब्यू फिल्मबाटै चर्चामा आउँछन्, फिल्मसँगै आफु पनि हिट बन्छन् त कोहि पहिलो फिल्ममै फ्लपको ट्याग पाउँछन्, तर त्यसपछि उदाउँछन् ।

यहाँ यस्तै केहि नामहरुको चर्चा गर्दैछौं, जो नेपाली फिल्म उद्योगमा उदाउँदा चम्केनन् तर त्यसपछि आफुलाई स्थापित गर्न सफल भए अब्बल सावित गरे ।

प्रियंका कार्की

प्रियंका कार्की पछिल्लो समयकी सर्वाधिक व्यस्त अभिनेत्रीमा पर्छिन् । प्रियंकाको नामले नै ‘वक्सअफिस हिट’ भएका फिल्म नआएको भए पनि उनको नाम पछिल्लो केहि वर्षयता उच्च स्थानमा छ, काममा भ्याई नभ्याई छ । उनै प्रियंकाले पहिलो फिल्मबाट भने सफलता चाख्न पाएकी थिईनन् । डेब्यू फिल्म थियो प्रसन्न पौड्याल निर्देशित ‘मेरो वेष्ट फ्रेण्ड’ ।

उनको यो फिल्म दोश्रो तेश्रो फिल्म रिलिजपछि मात्रै पर्दामा आयो तर चलेन् । उता प्रियंकाको करियरको पहिलो रिलिज ‘थ्रि लभर्स’ले पनि वक्सअफिसमा कमाल गर्न सकेको थिएन् ।

सौगात मल्ल

पहिलो फिल्म फ्लप भएर पनि त्यसपछि सर्वाधिक व्यस्त रहेका अभिनेता हुन् सौगात मल्ल । सौगातले पहिलो फिल्म ‘कागवेनी’बाट सफलता पाउन सकेनन् । तर त्यसपछि उनको चर्चा र व्यस्तता दुबै उत्तिकै छ । काममा भ्याई नभ्याई छ । मिडियासँगको भेटघाटमा उनले सुनाउँछन, ‘नयाँ फिल्मलाई एक डेढ बर्षसम्म मेरो डेट छैन् ।’

प्रदिप खड्का

फिल्म क्षेत्रमा जम्नको लागी राम्रै स्ट्रगल गरेका अभिनेता हुन् प्रदिप खड्का । आफै निर्माण गर्दा तथा आफै निर्माण गरेर अभिनयमा आउँदा सुरुवाती दिनमा उनि चम्किन सकेनन् । तर भाग्य चम्कायो अभिनयगत रुपमा दोस्रो फिल्म ‘प्रेमगीत’ले । केकी अधिकारी लिएर ‘ठूलो मान्छे’ नामको फिल्म आफै बनाए त्यो चलेन् त्यसपछि रिमा विश्वकर्मा लिएर ‘स्केप’ नामको फिल्म निर्माण गरेर आफै खेले त्यो पनि चलेन् ।

त्यसपछि अष्ट्रेलिया हानिन लागेका प्रदिप भूकम्पका कारण केहि समय नेपाल अड्किँदा हातमा प्रेमगीत पर्यो त्यसले उनको जीवनमै ‘यू टर्न’ ल्यायो । यतिबेला उनि पछिल्लो पुस्ताका स्टारमा गनिन्छन् ।

निशा अधिकारी

नयाँ पुराना दुबै पुस्ताका अभिनेताहरुसँग रोमान्स गर्न भ्याईसकेकी अभिनेत्री हुन् निशा अधिकारी । स्टारडम बोकेकी अभिनेत्रीको सुचीमा नपरेता पनि निशा अधिकारी एकसमय राम्रै व्यस्त अनि निर्माता निर्देशकको रोजाईमा पर्ने अभिनेत्री बनिन् । उनै निशाको पहिलो फिल्म ‘नैना रेशम’ भने रिलिजपछि फेल खाएको फिल्ममा पर्छ ।

जीवन लुईंटेल

पछिल्लो समय दोश्रो पुस्ताका मानिने कलाकारहरु जीवन लुईंटेल, आर्यन सिग्देलहरुको दिन सकिएको चर्चा चलिरहेको छ । तर यी नाम एकसमय राम्रै चर्चामा थिए । दर्शकले पत्याएका पनि थिए । सामाजिक संजालमा फ्यान फ्लोईङ पनि राम्रै बनेको थियो । उनै जीवनले पहिलो फिल्मबाट भने सफलता पाउन सकेका थिएनन् । जीवनको लिड डेब्यू फिल्म ‘नशिव आफ्नो आफ्नो’ नेपाली वक्सअफिसमा फ्लपको सुचीमा छ ।

Loading...
Comments