Logo

ट्रेलरमा हेर्नुहोस् दयाहाङसँग डेब्यू गरेकी तेरिया स्टारर ‘मितज्यू’ |भिडियो

काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’को ट्रेलर रिलिज भएको छ। सोमबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर रिलिज गरेको हो।

सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्र दयाहाङ राई र सौगात मल्लले मितेरी साइनो लगाएका छन्। उनीहरु गाउँमा आएको नयाँ बाटोका गाडी चालक हुन्। एक अर्कामा प्रतिष्पर्धा गर्दै कसले मान्छे छिटो गन्तव्यमा पुर्याउने भन्नेमा छ। तेरिया मगर फिल्मकी डेब्यू हिरोइन् हुन् ।

यस फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। ग्रामीण परिवेशमा आधारित यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय रहेको छ।

यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। साथै, फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको छ। अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस फिल्ममा लोकेश बज्राचार्यको सम्पादन,शिशिर बिशंखेको छायांकन रहेको फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत छ। गीतमा स्वर श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लले दिएका छन्। मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्।

आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्म आगामी जेठ ८ गतेबाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ।

Comments