Logo

दर्शक भेट्न मोफसल यात्रामा टिम ‘लालिबजार’

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘लालिबजार’ टिमले दर्शक साक्षात्कारको लागि मोफसल यात्रा तय गरेको छ । दर्शकसँग भेटघाट गर्न कलाकारसहितको टिम सुर्खेत, नेपालगञ् लगायतका ठाउँ पुग्ने भएको हो ।

अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई लगायतको टिमले मंगलबारदेखि सुर्खेतबाट मोफसल यात्रा सुरुआत गर्दैछ ।

फिल्म हेर्ने दर्शक तथा सेलिब्रेटीबाट सुखद प्रतिक्रिया पाइरहेको ‘लालीबजार’ले वक्स अफिसमा १ करोड माथिको कलेक्सन गरिसकेको छ ।

प्रदर्शनकै दिनदेखि काठमाडौँ उपत्यकामा विभिन्न सिनेमा घरमा पुगेर दर्शक भेटघाट गरिरहेको टिमले केही दिन उपत्यका बाहिरका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै साक्षात्कार गर्ने कार्यकारी निर्माता प्रदीप भट्टराईले बताए ।

Comments